वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी « Khabarhub

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन्।

उनले मंगलबार राति सामाजिक सञजााल फेसबुकमार्फत आफू पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन्। घिमिरेले पुराना राजनीतिक दलहरूले जनताको इच्छा सम्बोधन नगरेको बताए।

नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आफू आजको दिनदेखि पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् ।

घिमिरेले देशप्रति अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य सर्त भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट मुलुकका आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेका छन्। यही कारणले आफू संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उनले बताएका छन् ।

‘पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने  अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।’ उनले लेखेका छन् ।

किन छाडे ?

घिमिरे यस पटक काठमाडौंमा भएको नेकपा एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार थिए।

तर रूपन्देहीकै भूगोलका उपाध्यक्ष विष्णु पौडेलले उनलाई टिकट दिन सकेनन् । एमाले केन्द्रीय सदस्यमा रोकिएपछि उनी असन्तुष्ट थिए उनलेे उपाध्यक्ष पौडेललाई भेटेर आफ्नो असन्तुष्टि पोखेका थिए ।

तर उपाध्यक्ष पौडेलले उनीसँग माफी मागे। पौडेलले माफी माग्दै अब फागुन २१ को चुनावमा टिकट दिलाइदिने भन्दै घिमिरेलाई फकाउने प्रयास गरे। तर घिमिरेले अब एमाले र विष्णु पौडेलले आफूलाई टिकट दिनुनपर्ने बताउँदै उनी हिँडेका थिए।

उनी २०७४ सालको स्थानीय चुनावमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर भएका थिए । त्यसपछि २०७९ सालमा रूपन्देही क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

तर अब यस पटक एमाले छाडेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन् । उनलेे अब आफू रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनाव लड्ने अनौपचारिक घोषण गरेका छन् । उनलाई रास्वपाले पनि पौडेलविरूद्ध खडा गर्न नै पार्टीमा तान्न लागेको बताएका छन् ।

घिमिरे तिलोत्तमा नगरपालिकाका मेयर हुँदा नगर सफा, स्वच्छ र हेर्न लायक बनाएका थिए । उनी कोरियामा रोजगारी गरेर आएपछि राजनीतिमा लागेका हन् । काठमाडौं महानगपालिकाका मेयर बालेन शाहले समेत उको कामको प्रशंसा र तारिफ गरेका थिए ।

बालेनको प्रशंसा पाएका उनै घिमिरेले पनि एमाले उपाध्यक्ष पौडेललाई भेटेर यसअघि नै आफू रूपन्देही २ बाट चुनाव लड्ने बताइसकेका छन् । आफू रूपन्देही २ बाट उठ्ने तयारीमा रहेकोले पौडेललाई घिमिरेले समानुपातिक या अर्को क्षेत्रमा जान काठमाडौं नै आएर सुझाएका थिए।

घिमिरेले अध्यक्ष केपी शर्मा ओलीले एकदमै अपमान गरेको भन्दै अन्य नेता कार्यकर्तालाई पनि एमाले छाड्न उक्साइरहेका छन् ।

नगरपालिकाका पूर्वमेयर समेत रहेका घिमिरे हालै सम्पन्न निर्वाचनमा रूपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा घिमिरेले खाणलाई पराजित गर्दै तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०७९ मा उनी रूपन्देही क्षेत्र नं. ५ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार साहलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : २६ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि