भारतको संसद् अधिवेशन पनि आजैदेखि, सरकार र प्रतिपक्षीबीच रस्साकस्सी सुरु « Khabarhub

भारतको संसद् अधिवेशन पनि आजैदेखि, सरकार र प्रतिपक्षीबीच रस्साकस्सी सुरु


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा संसद्को विधेयक (हिउँदे) अधिवेशन सुरु हुँदै गर्दा भारतमा पनि आजैदेखि त्यहाँको संसद्को बजेट अधिवेशन सुरु भएको छ ।

आज बिहान ११ बजे सुरु भएको संसद्को बजेट सत्र (सन् २०२५–२०२६)लाई त्यहाँकी राष्ट्रपति द्रौपदी मूर्मूले सम्बोधन गरेकी छिन् । वित्तमन्त्री निर्मला सीतारमणले संसद्को दुबै सदनमा अपराह्नतिर मुलुकको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्नेछिन् ।

भारतको वार्षिक बजेट (भोलि) शनिबार संसद्मा पेश हुने बीबीसी हिन्दीमा उल्लेख छ । बजेट पेश हुनु अघिल्लो दिन संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको पहिलो बजेट आउने लागेको बताएका छन् ।

मोदीले बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएको १०० वर्ष अर्थात् सन् २०४७ सम्म देशलाई विकसित हैसियतमा पुर्‍याउने सङ्कल्प पूरा गर्नेगरी बजेट ल्याइने बताए ।

राष्ट्रपति मूर्मूले मोदी सरकारले एक देश एक चुनाव र वक्फ बोर्ड जस्ता मामिलामा ठूलो कदम उठाएको बताएकी छिन् । साथै, सरकारले एक दशकमा विकसित भारत बनाउने लक्ष्यमा नयाँ ऊर्जा दिएको दाबी गरेकी छिन् ।

संसद् बैठक सुरु हुनासाथ सत्तापक्ष र प्रतिपक्षीबीच वाद–प्रतिवाद भएको छ । यो रस्साकस्सीले भारतको बजेट सत्रमा अनेक चर्काचर्की हुने आकलन छ ।

केरलको वायनाडाकी लोकसभा सांसद् एवम् कांग्रेस नेतृ प्रियङ्का गान्धीले प्रधानमन्त्री मोदीमाथि निशाना साँधिसकेकी छिन् । मोदीले जनताको मुद्दामा कुरा गर्न र जवाफ दिनै नचाहेको बताइन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : २४ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर