मधेश केन्द्रित गठित कार्यदलकाे बैठक बस्दै « Khabarhub

मधेश केन्द्रित गठित कार्यदलकाे बैठक बस्दै


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूको कार्यदलले आजदेखि कार्यक्रम सुरु गरेको छ । शुक्रबार कार्यदलले दुइवटा कार्यक्रम गर्ने भएको हो ।

कार्यदलले शुक्रबार बिहान मुक्कुमलुङमा गोली लागि घाइते भएका योद्धासँग भेट्ने छ । ताप्लेजुङस्थित धार्मिक स्थल मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केवलकारको विवादमा शनिबार साँझ गोली प्रहार हुँदा धेरै जना घाइते भएका थिए ।

केही घाइतेहरूको काठमाडौं महाराजगन्जस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । आज १० : ३० मा हस्पिटलमै गएर भेटघाट गर्ने कार्यक्रम रहेको छ ।   

यस्तै आजै बिहीबार गठित कार्यदलको बैठक बस्ने छ । बैठक दिउँसो ३ बजे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) नेपालको संसदीय दलमा बस्ने बताइएको छ । 

बैठकमा जनता समाजवादी पार्टी (जसपाका इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशीलका शिवजी यादव र तमलोपाका ब्रजेस सिंह सहभागि हुने छन् ।

कार्यदलले अवधारणा, एजेन्डा, मोडिलाटी र आचारसंहिता सँगसँगै समग्र राजनीतिक परिस्थितिबारे दृष्टिकोण बनाएर शीर्ष नेताहरू समक्ष प्रतिवेदन पेस गर्ने सदस्य केशव झाले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : १६ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन