संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने « Khabarhub

संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले कांग्रेस संयुक्त सरकारले ल्याएका ६ वटा अध्यादेशहरु शुक्रबार संसदको पाँचौं अधिवेशन सुरु भएकै दिन प्रतिनिधिसभामा प्रस्तुत गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची छ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ पेश गर्ने छन् ।

निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि अर्थमन्त्री पौडेलले नै संसदमा पेश गर्नेछन् ।

अर्थमन्त्रीका तर्फबाट आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि संसदमा पेश हुनेछ ।

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ संसदमा पेश गर्नेछन् ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि मन्त्री अधिकारीले संसदमा पेश गर्ने कार्यसूची छ ।
संसदको हिउँदे अधिवेशनका रुपमा लिइने पाँचौं अधिवेशन अर्थात् दुबै संसदको संयुक्त बैठक शुक्रबार दिउँसो १ बजेदेखि बस्दैछ ।

शुक्रबारको बैठकमा संसदमा सहभागी दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूचीसमेत समेटिएको छ ।

नियुमित कार्यसूचीसँगै अध्यादेश पारित गरिसकेर दुईजना पूर्वसांसद (दमननाथ ढुंगाना र रामजीप्रसाद शर्मा) को शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिने महासचिव पाण्डेयले बताएका छन् ।

सत्तापक्षले अध्यादेश पेश गर्ने कार्यसूची बनाइरहँदा विपक्षी दलहरुले भने अध्यादेशविरुद्ध सशक्तरुपमा संसदमा प्रस्तुत हुने तयारी गरेका छन् ।

हेर्नुहोस् बैठकको कार्यसूची

यो पनि पढ्नुहोस्

सत्ताको हेराफेरीले संसद्का चर्चित अनुहारलाई सकस : कस्तो सुनिएला आवाज ?

हिउँदे अधिवेशन : पहिलो बैठकमा ६ अध्यादेश र दुई विधेयक पेस हुने

जनताका एजेन्डा भुलेर गाली गर्ने थलो बन्दै संसद्

संसद्‌ छलेर अध्यादेशको बाटोमा ओली

संसद्‌ छलेर अध्यादेशको बाटोमा ओली

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १० : १० बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप