आठ दलीय मोर्चाले भेट्यो मुक्कुमलुङ घटनामा घाइते « Khabarhub

आठ दलीय मोर्चाले भेट्यो मुक्कुमलुङ घटनामा घाइते


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले मुक्कुमलुङ घटनामा घाइतेसँग भेट गरेका छन् । मोर्चाका सदस्यहरूले शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका घाइतेहरूसँग भेट गरेका हुन् । 

घाइतेहरूसँगको भेटमा मोर्चाका सदस्यहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

 ‘बिहान साढे १० बजे आठ दलीय मोर्चाका तर्फबाट मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारी साथीहरूलाई भेटी शीघ्र स्वास्थ्य लाभको कामना गर्‍यौँ,’ मोर्चाको कार्यदलका सदस्य केशव झाले भने, ‘आन्दोलनमा हाम्रो मोर्चाको ऐक्यबद्धता छ । राज्य दमनको घोर भर्त्सना समेत गर्छौँ ।’ 

कार्यदलले आदिवासी जनजाति समुदायका पुर्खाको आत्मा भ्रमण गर्ने पवित्र स्थलको रूपमा रहेको ठाउँमा केबलकार निर्माणले आस्थामाथि प्रहार हुने भएकाले उनीहरूको भावनासँग खेलबाड नगर्न आग्रह पनि गरेको छ । 

शिक्षण अस्पतालमा घाइतेहरू यमबहादुर लिम्बू (तेह्रथुम), धर्मन पालुङ्वा (ताप्लेजुङ ), सगुन लावती (पाँचथर) को उपचार भइरहेका छन् । 

उनीहरूलाई भेट्न आठ दलीय मोर्चाका तर्फबाट हृदयेश त्रिपाठी, राजकिशोर यादव, सर्बेन्द्रनाथ शुक्ला, रामनरेश राय, केशव झा, रेणु यादव, रामकुमार शर्मा, मनिष सुमन, वृखेषचन्द्र लाल, गंगाराम थारु, शरदसिंह यादव, लक्ष्मणलाल कर्ण, इन्दु सुवेदी, विजय सिंह, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान, मुकेश झा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : १६ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट