हिउँदे अधिवेशनको पहिलो बैठकमै प्रतिपक्षी रास्वपाको अवरोध « Khabarhub

हिउँदे अधिवेशनको पहिलो बैठकमै प्रतिपक्षी रास्वपाको अवरोध


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ।

पहिलो बैठक सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयले पठाएका पत्र पढेर कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन् ।

विरोध जनाउनेमा रास्वपाका सांसद छन् । उनीहरूले सरकारले ल्याएका ६ वटा अध्यादेश फिर्ता र सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन् ।

सांसद सोविता गौतमले आफ्ना कुरा राख्न दिन सभामुख घिमिरेलाई आग्रह गरिरहेकी छन् । उता सभामुखले दलीय रूपमा विचार राख्न दिने भन्दै बोल्न दिएका छैनन् ।

सभामुखले पटक–पटक कार्यसूचीमा रहेको समयमा आफ्ना कुरा राख्न भनिरहेका छन् । सभामुखले बस्न आदेश दिए पनि रास्वपा सांसदहरू तयार भएका छैनन् ।

सरकारले यसअघि ल्याएका ६ वटा अध्यादेशबारे अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको रास्वपाले उठेर विरोध जनाएको हो ।

रास्वपाले विरोध जनाएपछि सबै दलका नेतालाई बोल्ने समय दिएकाले आशन ग्रहण गर्न रास्वपा सांसदहरूलाई आग्रह गरे । अहिले बोल्ने समय कसैलाई नदिएको बताएका घिमिरेले पटक पटक बस्न भने पनि रास्वपा सांसदहरूले मानेनन् ।

शुक्रबार नै रास्वपाका सभापति रवि लामिछानेले अरु सांसद लिएर सभामुख घिमिरेलाई भेट्दै पुस ८ गतेदेखि निलम्बित भएको सांसद पद फुकुवा गरिदिन भनेका थिए । तर सभामुख घिमिरेले अध्ययन गर्ने जवाफ दिएर पठाइदिए ।

यो बैठकमा संघीय संसद् सचिवालयले सभामुख देवराज घिमिरेले अधिवेसन आब्हान सबन्धमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने तालिका छ । राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएकोसबन्धी पत्रको ब्यहोरा पनि पढिँदैछ ।

त्यसपछि आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरूको नामावली सार्वजनिक गर्ने तालिका छ बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तब्य राख्ने क्रम सुरू हुनेछ ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

उता, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश–२०८१, नीजिकरण (पहिलो संसोधन) अध्यादेश–२०८१, आर्थिक तथा ब्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्ने तालिका छ ।

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल ऐन संसोधन गर्ने अध्यादेश, र भूमिसबन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा पूर्वसभामुख दमननाथ ढुंगाना तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्मा निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने तालिका छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : २१ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका