जनताको अभिमत बोकेका राजनीतिक दल साँघुरो गल्लीमा सीमित हुनुहुँदैन : सभामुख « Khabarhub

जनताको अभिमत बोकेका राजनीतिक दल साँघुरो गल्लीमा सीमित हुनुहुँदैन : सभामुख


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले आज (शुक्रबार)देखि सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनले कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधनका लागि फलदायी हुने बताएका छन् । 

प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा स्वागत गर्दै सभामुख घिमिरेले संसदीय गतिविधिमा सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

‘प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा स्वागत गर्दै माननीयज्यूरूलाई संसदीय गतिविधिमा सफलताको शुभकामना व्यक्त गर्दछु,’ सभामुखले भने, ‘आजदेखि सुरु भएको अधिवेशन कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधन लगायतमा फलदायी हुने विश्वास लिएको छु ।’

संसद्लाई लोकतन्त्रको मन्दिरको रूपमा लिइने भन्दै उनले संसद्मा व्यक्त भएका विचारलाई परिष्कृत गर्दै नीति निर्माणसम्म पुग्ने गरेको बताए ।

‘संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको संगमस्थल बन्नुपर्दछ,’ सभामुखले भने, ‘जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।’ 

उनले सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह गर्नेमा पनि विश्वस्त व्यक्त गरे ।

‘परस्पर सम्मान, सहकार्य र एकताबाट नै हामीले मुलुकका विद्यमान समस्या निरूपण गर्न र नीति निर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्नेछौँ,’ सभामुखले भने, ‘अतः विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : २६ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन