रास्वपाको अवरोधबीच सभामुखले पढ्न थाले राष्ट्रपति कार्यालयबाट जारी भएका पत्र « Khabarhub

रास्वपाको अवरोधबीच सभामुखले पढ्न थाले राष्ट्रपति कार्यालयबाट जारी भएका पत्र


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ । पहिलो बैठकमा नै रास्वपाले उठेर विरोध जनाएका छन् ।

२५ मिनेटजति उठेर पनि रास्वपा सांसदहरू नबसेपछि सभामुखले बस्न आदेश दिए । तर उनीहरू मानेनन् । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको पत्र सभामुखले पढेर सुनाउन थालेका छन्‌ ।

उनले प्रतिनिधिसभा नियमावलीको दफा १५ को व्यवस्था १ को पढेर सुनाए । त्यसपछि २० को ‘घ’ पनि पढेर सुनाए । तर पनि रास्वपाका सांसदहरू बसेनन् । उनले कार्य व्यवस्था परामर्श समिति बैठकमा पनि रास्वपा सांसदहरूले यो कुराबारे जानकारी नभएको बताए ।

पहिलो बैठक सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयले पठाएका पत्र पढेर कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

विरोध जनाउनेमा रास्वपाका सांसद छन् । उनीहरूले सरकारले ल्याएका ६ वटा अध्यादेश फिर्ता र सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ४१ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन