प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- सत्ताका लागि प्वाल पारेर अर्कै डुंगा चलाउने अवस्था अब छैन « Khabarhub

प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- सत्ताका लागि प्वाल पारेर अर्कै डुंगा चलाउने अवस्था अब छैन


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब सत्ताका लागि यताबाट उता गरिरहने अवस्था अन्त्य भएको बताएका छन् ।

गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि सत्ताका लागि आफ्नै डुंगा प्वाँल पारेर अन्यत्र कुद्ने अवस्था अब नरहेको उनले बताए ।‘

गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, ‘सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ’, उनले भने ।

सत्ताका नाममा पटक पटक विश्वासको मत लिने तमासाबाट पनि देशले मुक्ति पाएको उनले बताएका छन् ।

उनले आफू अहिले जनताको भरोसासहितको आत्मविश्वास लिएर प्रतिनिधिसभामा उभिएको पनि बताएका छन् । ‘हामीले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन र सामयिक संशोधन गर्नु जरुरी छ । वर्षौँदेखि थन्किएका विधेक पारित गर्ने वा फिर्ता लिने काम हुन्छ । अनावश्यक कानुन खारेज गर्ने नयाँ कानुन ल्याउने काममा अब ढिलाइ हुँदैन ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ०१ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर