ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा मधेश केन्द्रित दलको ऐक्यबद्धता « Khabarhub

ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा मधेश केन्द्रित दलको ऐक्यबद्धता


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । 

मोर्चाका सदस्यहरूले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मुक्कुमलुङ घटनामा उपचारार्थ घाइतेहरूसँग भेटवार्ता गर्दै आन्दोलनका ऐक्यबद्धता जनाएका हुन् ।

संस्कृति पहिचान र भूमिका लागि आन्दोलन गरिरहेकामाथि सरकारले निर्मम तरीकाले दमन गरेको भन्दै आठ दलीय मोर्चाका नेता राजकिशोर यादवले आपत्ति जनाए ।

आफ्नो भूमिको रक्षा गर्नका लागि आन्दोलन गरिरहेका नागरिकमाथि राज्यले दमनकारी र बर्बरता देखाएर गोली चलाएर ज्यान लिन खोजेको उनले बताए । 

तीनै जना घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको उनले बताए । मोर्चाका सदस्य केशव झाले नो केबलकारको पक्षमा आन्दोलन गरिरहेका समूहमाथि सरकारले ज्यादती गरेको बताए  ।

मोर्चाले मुक्कुमलुङ घटनाको मोर्चाले घोर भर्त्सना गर्ने निर्णय गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : १३ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन