केही काम देखाउन नसकेपछि सरकारले अध्यादेशको सहारा लियो : राजेन्द्र पाण्डे « Khabarhub

केही काम देखाउन नसकेपछि सरकारले अध्यादेशको सहारा लियो : राजेन्द्र पाण्डे


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ६ महिनाको अवधिमा देखाउने कुनै राम्रा काम नभएपछि सरकारले अध्यादेश ल्याएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार सम्बोधनका क्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले कांग्रेस–एमाले सरकार गठनको ६ महिना पुगिसक्दा पनि देखाउने राम्रो काम नभएपछि अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् ।

‘दुईवटा ठूला पार्टीले सम्झौता गरेर सरकार बनाएका छन् । यसबीचमा देखाउनलायक केही कामहरू भएन । ६ महिनाबीचमा केही काम राम्रोसँग देखाउन सकिएन,’ पाण्डेले भने, ‘अध्यादेशबाट हामीले धेरै कुराको ढोका खोल्यौँ भन्न पनि यस्तो गर्नु पर्‍यो ।’

उनले सरकारलाई अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था गरिएको स्मरण गर्दै अधिवेशन सुरु हुनै लाग्दा अध्यादेश ल्याउनुको कारणबारे पनि प्रश्न गरे ।
‘अध्यादेश सरकारले ल्याउनै पाउँदैन भन्ने होइन, ल्याउन सक्छ । दुईवटा अधिवेशनबीचमा विशेष आवश्यकता पर्‍यो भने ल्याउनकै लागि यो संवैधानिक व्यवस्था गरिएको हो,’ पाण्डेले भने, ‘तर, सरकारले अब केही दिनभित्रै अधिवेशन सुरु हुने बुझेर पनि हतार हतारमा किन ल्याउनु पर्‍यो ?’

उनले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी अवस्था सिर्जना गरेर अध्यादेश पारित गर्नुपर्ने, अध्यादेशबारे छलफल गर्ने ठाउँ नै छैन भन्ने अवस्था सत्तारुढ दलहरूले ल्याएको टिप्पणी पनि गरे ।

‘अध्यादेश ल्याउने अहिलेको जुन ट्रेन्ड छ, यो ट्रेन्डले के गर्छ त भन्दा सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी सिर्जना गरेर यो अध्यादेश पारित गर्नुपर्छ, अर्को उपाय छैन, यसमा खेल्ने ठाउँ छैन, यसमा छलफल गर्ने ठाउँ छैन भन्ने ढंगले जाने स्थिति देखिन्छ,’ पाण्डेले भने, ‘अध्यादेशको ट्रेन्ड नै त्यही हो ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : १८ बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित