क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ « Khabarhub

क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभौतिक मुद्रा क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न व्यक्तिलाई संगठित रूपमा परिचालन गरी विभिन्न माध्यमबाट ठगी गरेको आरोपमा ७ जना व्यक्तिलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

कैलालीका माइकल डंगौरा, कैलालीकै अनिल बिश्वकर्मा, काठमाडौंका पियुष श्रेष्ठ, दोलखाका अश्विन चौलागाइँ, रौतहटका सत्यमकुमार सहनी, भारत बिहारका रोशन कुमार र मुन्ना कुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूले संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको, विभिन्न बैंकका वालेटमा पहुँच पुर्‍याइ रक ठगी गरेको, विभिन्न विज्ञापनहरूबाट साइबर फिसिङ गरेको, हुन्डी कारोबार गरेको लगायतका गैर कानुनी कारोबार गरेको आरोप प्रहरीले लगाएको छ । 

उनीहरूबाट सुपर कम्प्युटरको सिपियु, मोबाइलहरू, बैंकका चेक र पाँच लाख ५० हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्मको डिजिटल फरेन्सिक रिपोर्टबाट सो समूहले ३ अर्ब बढी ठगी गरेको जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : १० बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि