सहकारीबाट ठगिएका जनतालाई क्षतिपूर्ति दिनुपर्छ : चित्रबहादुर केसी  « Khabarhub

सहकारीबाट ठगिएका जनतालाई क्षतिपूर्ति दिनुपर्छ : चित्रबहादुर केसी 


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलको चरित्र ठिक नहुँदा जनताले दुख पाएको बताएका छन् । 

प्रतिनिधि सभा सांसद समेत रहेका केसीले शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीमाथि देशमा कति कलकारखाना र उद्योगधन्दा खोलेको छ भन्दै प्रश्न गरे । 

उनले संविधान संशोधन गर्ने भए प्रदेशको औचित्यबारे पनि समीक्षा गर्नुपर्ने बताए ।   

‘भूमिहीन किसानलाई भूमि दिन अध्यादेश बनेको हो ? करोडौँ खर्च गरेर विदेश जानुपरेको छ । सहकारीका कारण जनताहरू ठगिएका छन् । उनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ ।’

उनले भने, ‘जनताको नेताप्रति घृणा छ । यो लोकतन्त्र गणतन्त्र जेल बसेर ल्याएको हो । माछा मिठा कडा तिता हुनुपर्छ । जनतालाई हामीले के दियौँ ? ’ 

उनले राजनीतिक दल नसचिए लोकतन्त्र गणतन्त्र मात्र हैन राष्ट्रकै शक्ति खतरामा पर्ने बताए । उनले राजनीतिक गर्ने मान्छे सफा इमानदार हुनुपर्ने बताए । 

उनले भने, ‘सत्ता शक्तिमा भएकाले जे गरे पनि हुने । प्रतिपक्षीलाई खेदी खेदी हाल्ने । भोलीको नयाँ पीढीले नाम लिँदा पनि मुख बङ्ग्याउने छ ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा