सहकारीबाट ठगिएका जनतालाई क्षतिपूर्ति दिनुपर्छ : चित्रबहादुर केसी  « Khabarhub

सहकारीबाट ठगिएका जनतालाई क्षतिपूर्ति दिनुपर्छ : चित्रबहादुर केसी 


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलको चरित्र ठिक नहुँदा जनताले दुख पाएको बताएका छन् । 

प्रतिनिधि सभा सांसद समेत रहेका केसीले शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीमाथि देशमा कति कलकारखाना र उद्योगधन्दा खोलेको छ भन्दै प्रश्न गरे । 

उनले संविधान संशोधन गर्ने भए प्रदेशको औचित्यबारे पनि समीक्षा गर्नुपर्ने बताए ।   

‘भूमिहीन किसानलाई भूमि दिन अध्यादेश बनेको हो ? करोडौँ खर्च गरेर विदेश जानुपरेको छ । सहकारीका कारण जनताहरू ठगिएका छन् । उनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ ।’

उनले भने, ‘जनताको नेताप्रति घृणा छ । यो लोकतन्त्र गणतन्त्र जेल बसेर ल्याएको हो । माछा मिठा कडा तिता हुनुपर्छ । जनतालाई हामीले के दियौँ ? ’ 

उनले राजनीतिक दल नसचिए लोकतन्त्र गणतन्त्र मात्र हैन राष्ट्रकै शक्ति खतरामा पर्ने बताए । उनले राजनीतिक गर्ने मान्छे सफा इमानदार हुनुपर्ने बताए । 

उनले भने, ‘सत्ता शक्तिमा भएकाले जे गरे पनि हुने । प्रतिपक्षीलाई खेदी खेदी हाल्ने । भोलीको नयाँ पीढीले नाम लिँदा पनि मुख बङ्ग्याउने छ ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ४५ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको