‘एक्टर’ विवाद : निर्माता, निर्देशक समाज र विकास बोर्डमाथि खनिए निश्चल | Khabarhub Khabarhub

‘एक्टर’ विवाद : निर्माता, निर्देशक समाज र विकास बोर्डमाथि खनिए निश्चल


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवाद र कानुनी झमेलापछि प्रदर्शनमा आएको चलचित्र ‘एक्टर टेक वान’बारे निर्देशक निश्चल बस्नेतले मुख खोलेका छन् ।

‘एक्टर’ र ‘एक्टर टेक वान’बीच नामलाई लिएर भएको विवादमा चलचित्र निर्मता संघ र निर्देशक समाज नबोलेकोमा उनले आपत्ति जनाएका छन् ।

‘एक्टर’ र ‘एक्टर टेक वान’को लफडाले गलत नजिर बस्ने सम्भावना धेरै छ । आर्थिक लेनदेनले जुटाएको सहमति हो भने धेरै चलचित्रकर्मिलाई अफ्ट्यारो पर्नेछ’, उनले भने, ‘होइन र सहमतिमात्रै भएको हो भने दुख दिन रिलिज र बजार बिगार्न यस्तो हर्कत हुनसक्छ । यत्रो सबै भइरहँदा पनि न निर्माता संघको धारणा आयो न निर्देशक समाजको न बिकास बोर्डको ।’

उनले यस प्रकरणलाई दुई फिल्मको इगोको लडाइँ भनेर बुझ्नु गलत हुने बताएका छन् । ‘दुई फिल्मको इगोको लडाइँ मात्र समझिएपछि कस्को के लाग्छ । फिल्म दर्ता प्रणालीमा ठूलो भ्वाङ रहेछ, नामको पनि कपी राइटलाई ब्यवस्थित गर्नुपर्ने रहेछ भन्ने कुरा कसैले सम्झाइदिनुस् है’, उनले भनेका छन्, ‘अँ साँच्चै, यो दुई चलचित्रको सहमतिमा अघि ती छुट्टीका दुई दिनमा भएको ब्यापार घाटाको क्षतिपूर्तिबारे कुरा भयो कि भएन ?’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ३३ बजे

नेपाल नागरिकता विधेयकमाथि छलफलको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१

एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

काठमाडौं– गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् ।

हात र घाँटीमा ब्यान्डेजसहित डिस्चार्ज भए अर्थमन्त्री (तस्बिरहरू)

काठमाडौं- गत शनिबार पोखरा महोत्सव उद्घाटनका क्रममा बेलुन पड्किएर आगो

दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार 

काठमाडौं– सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ ।  आज

सभामुखले बोल्न नदिएपछि जब सुमना रिसाएर संसद्‍बाट हिँडिन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सोमबार संसद्‍ बैठकबाट