‘एक्टर’ विवाद : निर्माता, निर्देशक समाज र विकास बोर्डमाथि खनिए निश्चल « Khabarhub

‘एक्टर’ विवाद : निर्माता, निर्देशक समाज र विकास बोर्डमाथि खनिए निश्चल


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवाद र कानुनी झमेलापछि प्रदर्शनमा आएको चलचित्र ‘एक्टर टेक वान’बारे निर्देशक निश्चल बस्नेतले मुख खोलेका छन् ।

‘एक्टर’ र ‘एक्टर टेक वान’बीच नामलाई लिएर भएको विवादमा चलचित्र निर्मता संघ र निर्देशक समाज नबोलेकोमा उनले आपत्ति जनाएका छन् ।

‘एक्टर’ र ‘एक्टर टेक वान’को लफडाले गलत नजिर बस्ने सम्भावना धेरै छ । आर्थिक लेनदेनले जुटाएको सहमति हो भने धेरै चलचित्रकर्मिलाई अफ्ट्यारो पर्नेछ’, उनले भने, ‘होइन र सहमतिमात्रै भएको हो भने दुख दिन रिलिज र बजार बिगार्न यस्तो हर्कत हुनसक्छ । यत्रो सबै भइरहँदा पनि न निर्माता संघको धारणा आयो न निर्देशक समाजको न बिकास बोर्डको ।’

उनले यस प्रकरणलाई दुई फिल्मको इगोको लडाइँ भनेर बुझ्नु गलत हुने बताएका छन् । ‘दुई फिल्मको इगोको लडाइँ मात्र समझिएपछि कस्को के लाग्छ । फिल्म दर्ता प्रणालीमा ठूलो भ्वाङ रहेछ, नामको पनि कपी राइटलाई ब्यवस्थित गर्नुपर्ने रहेछ भन्ने कुरा कसैले सम्झाइदिनुस् है’, उनले भनेका छन्, ‘अँ साँच्चै, यो दुई चलचित्रको सहमतिमा अघि ती छुट्टीका दुई दिनमा भएको ब्यापार घाटाको क्षतिपूर्तिबारे कुरा भयो कि भएन ?’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ३३ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम