समय मागेर बोल्न पाउने अधिकार सभामुखले खोसे : विजभक्त श्रेष्ठ  « Khabarhub

समय मागेर बोल्न पाउने अधिकार सभामुखले खोसे : विजभक्त श्रेष्ठ 


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विजभक्त श्रेष्ठले आकस्मिक समय माग गरी बोल्न पाउने अधिकारबाट बञ्चित गरिएको दाबी गरेका छन् । 

उनले शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयको माग गर्दा सभामुख देवराज घिमिरेले बोल्न नदिएकोप्रति गुनासो व्यक्त गरे । 

उनले संसद्‍मा बोल्न नदिँदा टेबल ठोकेर समर्थन गर्ने हातहरू भोलि प्रयागराजको महाकुम्भमा गएर धोए पनि चोखो नहुने बताए । 

सामाजिक सञ्जालमार्फत् लेख्दै श्रेष्ठले संवैधानिक अधिकार हनन् भएको आरोप समेत लगाए । उता सभामुख घिमिरेले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमै आज आकस्मिक समय नराख्ने सहमति भएकाले दिन नसकिने उल्लेख गरेका थिए ।

यसो भने

‘संसद् नियमावली अन्तर्गत नै रहेको आकस्मिक समयको माग गरी बोल्न पाउने अधिकारबाट पनि हामीलाई वञ्चित गरियो। हाम्रो संवैधानिक अधिकार हनन गरियो। आज संसद्मा हामीलाई बोल्न नदिँदा टेबल ठोकेर समर्थन गर्ने हातहरू प्रयागराजको महाकुम्भमा गएर धोए पनि चोखो हुनेवाला छैन।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ५३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा