समय मागेर बोल्न पाउने अधिकार सभामुखले खोसे : विजभक्त श्रेष्ठ  « Khabarhub

समय मागेर बोल्न पाउने अधिकार सभामुखले खोसे : विजभक्त श्रेष्ठ 


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विजभक्त श्रेष्ठले आकस्मिक समय माग गरी बोल्न पाउने अधिकारबाट बञ्चित गरिएको दाबी गरेका छन् । 

उनले शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयको माग गर्दा सभामुख देवराज घिमिरेले बोल्न नदिएकोप्रति गुनासो व्यक्त गरे । 

उनले संसद्‍मा बोल्न नदिँदा टेबल ठोकेर समर्थन गर्ने हातहरू भोलि प्रयागराजको महाकुम्भमा गएर धोए पनि चोखो नहुने बताए । 

सामाजिक सञ्जालमार्फत् लेख्दै श्रेष्ठले संवैधानिक अधिकार हनन् भएको आरोप समेत लगाए । उता सभामुख घिमिरेले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमै आज आकस्मिक समय नराख्ने सहमति भएकाले दिन नसकिने उल्लेख गरेका थिए ।

यसो भने

‘संसद् नियमावली अन्तर्गत नै रहेको आकस्मिक समयको माग गरी बोल्न पाउने अधिकारबाट पनि हामीलाई वञ्चित गरियो। हाम्रो संवैधानिक अधिकार हनन गरियो। आज संसद्मा हामीलाई बोल्न नदिँदा टेबल ठोकेर समर्थन गर्ने हातहरू प्रयागराजको महाकुम्भमा गएर धोए पनि चोखो हुनेवाला छैन।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ५३ बजे

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन