आज २०८१ साल चैत १८ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल चैत १८ गते सोमबारको राशिफल


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १८ गते सोमबार चैत शुक्ल पक्षको द्वितीया तिथि। मत्स्यनारायण मेला। विश्व अटिजम जागरुकता दिवस। तदनुसार सन् २०२५ मार्च ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। मन खुशी हुनेछ। आगामी दिनका लागि योजना बन्नेछ। वैदेशिक रोजगारी र व्यापारमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा खर्च बढ्नेछ।

वृष : विवादमा फस्ने जोखिम छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। एकल भन्दा सहकर्मीसँगको सहकार्यमा अगाडि बढेमा सफलता मिल्नेछ।
परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आम्दानीका दृष्टिले दिन राम्रो छ। अरुको परोपकार गर्दा आफ्नो काम ओझेलमा पर्नेछन्। धार्मिक कार्यमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारको साथमा रमाइलो गरेर दिन बित्नेछ। स्वास्थ्यमा सुधार हुँदा शरीरमा फुर्ती बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। नयाँ कुराको सुरुवात हुनेछ। भाग्यको स्थानमा शुभग्रह रहेकाले महत्त्वपूर्ण काम बन्नेछ। परिवारको साथमा घुमघामको तय हुनेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

कन्या : परिवारको बोझले मन अशान्त बन्नेछ। श्रम तपाईं गरे पनि फाइदा लिने अरुनै हुने छन्। स्वास्थ्यमा सुधारको योग छ। विपक्षी साथी सक्रिय रहेकाले सचेत भएर हिँड्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। आफन्तको भन्दा विपक्षीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको दुरुपयोग हुने दिन छ। परिवारको सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। खानपानमा समस्या हुने जोखिम छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। मिहिनेतको फल प्राप्त गर्न धैर्य बन्नुपर्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। लगानीका क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : दिन सामान्य छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय आएको छ। स्वास्थ्यमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। अचानक अप्रिय कुरा सुन्दा मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। मन अशान्त बन्ने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। साथीले असहयोग गर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ५ : ०७ बजे

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति