नितिसको विष्फोटक ब्याटिङमा राजस्थान विजयी : चेन्नई ६ रनले पराजित « Khabarhub

नितिसको विष्फोटक ब्याटिङमा राजस्थान विजयी : चेन्नई ६ रनले पराजित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा राजस्थानले चेन्नई सुपर किङ्लाई ६ रनले हराएको छ ।

१८३ रनको लक्ष्य पछ्याएको चेन्नाई ६ विकेट गुमाउँदै १७६ रनमा सीमित भएको हो । चेन्नईका लागि कप्तान ऋतुराज गाइक्वाडले सर्वाधिक ६३ रन जोड । ४२ बलको उनको पारीमा ७ चौका र १ छक्का समावेश थियो ।

चेन्नईविरुद्ध आक्रामक देखिएका राजस्थानका जोफ्रा आर्चरले ३ ओभरमा सुरुवातमा नै ३ ओभर बलिङ गरेर १३ रन खर्चेर १ विकेट लिए । वानिन्दु हर्साङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए ।

यसअघि चेन्नई सुपर किङको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतीमा १८२ रन जोडेको थियो । राजस्थानका नितिस रानाले ३६ बलमा ८१ रन जोडे । उनले १० चौका र ५ छक्का प्रहार गरे । उनी प्लेयर अफ द म्याच बने ।

कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान गरे । चेन्नईका खालिल अहदम, नुर अहमद र नातिसा पाथिरानाले समान दुईदुई विकेट लिए । नुर अहदमले ३ खेलमा ९ विकेट लिइ सकेका छन् । घरेलु भूमिमा लगातार दोस्रो हारले चेन्नई सुरुवातमा नै अप्ठेरोमा परेको छ । लगातार दुई खेलमा पराजित राजस्थानले पहिलो जित दर्ता गरेको हो ।

आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटलसँग सात विकेटले पराजित भएको थियो । आईपीएल अन्तर्गत सोमबार मुम्बाई इन्डियन र कोलकात्ता नाइट राइडर्स भिड्दैछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ११ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग