प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित « Khabarhub

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार ३६६ मत ल्याएर गिरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत प्राप्त गरे ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी, उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष (महिला) मा शान्ता अधिकारी र उपाध्यक्ष (समावेसी)मा दीपक श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी, महासचिवमा मनोज घर्तीमगर, उपमहासचिव (महिला) मा लक्ष्मी आचार्य, उपमहासचिव (दलित) मा हरिश बिक, उपमहासचिव (मधेशी) मा अनिल मिश्र, उपमहासचिव (आदिवासी जनजाति) मा बुद्ध लोप्चन पनि निर्वाचित भएका छन् ।

यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल, खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव (महिला) मा अञ्जली थापा, सचिव (समावेसी) मा अवतार राई निर्वाचित भएका छन् ।

सेन्टरको कोषाध्यक्षमा वसन्त गिरी, लेखा समिति संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली विजयी भएका छन् ।

२९ पदाधिकारी मध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदका लागि मतदान भएको थियो । जसमा १७ पदाधिकारी निर्वाचित भएका थिए । 

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : २३ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा