प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित « Khabarhub

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार ३६६ मत ल्याएर गिरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत प्राप्त गरे ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी, उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष (महिला) मा शान्ता अधिकारी र उपाध्यक्ष (समावेसी)मा दीपक श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी, महासचिवमा मनोज घर्तीमगर, उपमहासचिव (महिला) मा लक्ष्मी आचार्य, उपमहासचिव (दलित) मा हरिश बिक, उपमहासचिव (मधेशी) मा अनिल मिश्र, उपमहासचिव (आदिवासी जनजाति) मा बुद्ध लोप्चन पनि निर्वाचित भएका छन् ।

यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल, खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव (महिला) मा अञ्जली थापा, सचिव (समावेसी) मा अवतार राई निर्वाचित भएका छन् ।

सेन्टरको कोषाध्यक्षमा वसन्त गिरी, लेखा समिति संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली विजयी भएका छन् ।

२९ पदाधिकारी मध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदका लागि मतदान भएको थियो । जसमा १७ पदाधिकारी निर्वाचित भएका थिए । 

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : २३ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण