सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ? « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?


१७ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले वृद्धि भएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० बढेर दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, अकासिँदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको महासङ्घको ठम्याइ छ ।

गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य आइतबार पनि बढेको थियो । 

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ११ : ४६ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा