समाजवादी मोर्चासँग खुसी देखिएका प्रधानमन्त्री राजावादीमाथि खनिए « Khabarhub

समाजवादी मोर्चासँग खुसी देखिएका प्रधानमन्त्री राजावादीमाथि खनिए


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले गरेको सभाप्रति खुसी व्यक्त गरेका छन् ।

उक्त सभा भव्य भएको बताउँदै उनले सभाबाट संविधान र व्यवस्थाप्रति प्रतिबद्धता जनाइएको भन्दै आयोजकलाई ओलीले धन्यवाद दिएका छन् ।

त्यही दिन काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनको आयोजक को थियो भन्ने थाहा पाउन द्विविधा रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले तीनकुनेमा सभा गर्ने भनेकाहरूले सभा नभई उत्तेजक प्रदर्शन र अराजनीतिक गतिविधि देखाएको पनि बताए ।

‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो’, उनले भने, ‘सरकारलाई खबरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिवद्धता जनायो । शालिन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : ०६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा