पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली « Khabarhub

पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा प्रतिनिधिसभा बैठक सकेर आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा जाने भएका छन् ।

उनी माधवकुमार नेपालले २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक समाजवादीको कार्यालयमा जान लागेका हुन् ।

ओली लेखक तथा वामआन्दोलनका पुराना नेता कमल कोइरालाको पार्थिक शरीरलाई श्रद्धान्जलि दिन आलोकनगर जान लागेका उनको सचिवालयले खबरहबलाई बताएको छ ।

कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् । कोइरालाको आइतबार राति उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो ।

सचिवालयका अनुसार ओलीले आलोकनगर पुगेर गत शुक्रबार भएको आगजानी र तोडफोडको क्षतिको पनि अवलोकन गर्ने भएका छन् । राजावादीहरूको अराजक समूहले आन्दोलनका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि प्रतिनिधि सभा बैठक सकेर प्रधानमन्त्री ओली आलोकनर पुग्न लागेको जानकारी दिइन् । ओलीले दिवंगत नेता कोइरालाको पार्थिव शरीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : २५ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण