प्रधानमन्त्रीको सचिवालय भन्छ- रास्वपालाई निम्तो थियो, डीपीको जवाफ- नबोलाई नेमप्लेट राखेर नाटक गरियो « Khabarhub

सर्वदलीय बैठक

प्रधानमन्त्रीको सचिवालय भन्छ- रास्वपालाई निम्तो थियो, डीपीको जवाफ- नबोलाई नेमप्लेट राखेर नाटक गरियो


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीहरूले अराजक आन्दोलन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गणतन्त्र पक्षधर दलहरूको बैठक सिंहदरबारमा राखे ।

बैठकमा राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई निम्तो गरिएन । तर अन्य सबै दललाई निम्तो गरिएको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले गरेको छ ।

बैठकमा गणतन्त्र पक्षधर दलहरूको नेमप्लेटसहितको कुर्सी राखिएको थियो । तर देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि राप्रपा जस्तै बैठकमा देखिएन ।

तर, उसका लागि बैठकमा नेमप्लेटसहितको कुर्सी राखिएको थियो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईको आशनबीचमा रास्वपाका लागि स्थान राखिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति/प्रतिनिधि भनेर राखिएको नेमप्लेटमा कोही बसेका थिएनन् । सर्वदलीय बैठकमा रास्वपाको अनुपस्थितिलाई लिएर दुई पक्षबीच दुई कुरा चलिरहेको छ ।

तर निम्तो पाएर पनि प्रधानमन्त्रीले बोलाएको बैठकमा रास्वपा सहभागी नभएको उनको सचिवालयले जनाएको छ ।

यसबारे खबरहबले सोधेको प्रश्नमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले भने, ‘हामीले रास्वपालाई पनि बोलाएको हो । तर उहाँहरूका कोही पनि प्रतिनिधि आउनु भएन ।’

सिलवालको दाबीलाई पुष्टि गर्ने गरी रास्वपालाई सर्वदलीय बैठकमा निम्तो दिएर नेमप्लेटसहितको कुर्सी राखिएको थियो । उनले अगाडि भने, ‘राप्रपा र राप्रपा नेपालबाहेक सबै दललाई बोलाइएको थियो ।’

तर रास्वपा नेताहरू आफूहरूलाई कुनै पनि ढङ्गले नबोलाएको बताउँछन् ।

नाटक देखाइयो

यता रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) आफूहरूलाई हिजोको बैठकबारे कुनै जानकारी नभएको बताउँछन् ।

उनी नेमप्लेटसहितको कुर्सी राखेर प्रधानमन्त्रीको कार्यालयले नाटक गरेको बताउँछन् । ‘ओलीको चलाखीबारे पत्रकारलाई जानकारी हुनुपर्ने हो । न फोन, ईमेल न त भेटेर निम्ता। कुनै प्रकारले हामीलाई बोलाइएको छैन,’ उनले खबरहबसँग भने, ‘नेमप्लेटसहितको कुर्सी राखेर नाटक देखाइयो । प्रश्न उठ्ला भनेर ठिक पारेका हुन । कुन रूपमा बोलाइएको छ प्रमाण देखाउन अनुरोध गर्छु ।’

उनले प्रधानमन्त्रीको सचिवालय र नेकपा एमालेले आफूहरूलाई बोलाएको प्रमाण देखाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : २५ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा