तिनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न लिङ्देनको माग « Khabarhub

तिनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न लिङ्देनको माग


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तिनकुने घटनाको छानिबन गर्न न्यायिक आयोग गठनको माग गरेका छन् । सोमबार संसदमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले दुई जनाको ज्यान जानेगरी तिनकुनेमा शुक्रबार भएको घटनाका दोषीहरूलाई कारबाही गर्न पनि माग गरे ।

संसदमा उनले भने, ‘सदनमा मैले भन्छु सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ? छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रुग्यास बर्साइयो ? किन माथिबाट गोली हानियो ? त्यसको जवाफ चाहिन्छ ।’

‘म यस विषयमा सरकारको र सबै विश्व समुदायको, मानवअधिकार जगतको ध्यानाकर्षण गराउन चाहन्छु कि न्यायिक छानबिन आयोग गठन होस् । र दोषीहरूलाई कारबाही होस् ।’ उनले भने ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ३८ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६