तिनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न लिङ्देनको माग « Khabarhub

तिनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न लिङ्देनको माग


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तिनकुने घटनाको छानिबन गर्न न्यायिक आयोग गठनको माग गरेका छन् । सोमबार संसदमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले दुई जनाको ज्यान जानेगरी तिनकुनेमा शुक्रबार भएको घटनाका दोषीहरूलाई कारबाही गर्न पनि माग गरे ।

संसदमा उनले भने, ‘सदनमा मैले भन्छु सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ? छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रुग्यास बर्साइयो ? किन माथिबाट गोली हानियो ? त्यसको जवाफ चाहिन्छ ।’

‘म यस विषयमा सरकारको र सबै विश्व समुदायको, मानवअधिकार जगतको ध्यानाकर्षण गराउन चाहन्छु कि न्यायिक छानबिन आयोग गठन होस् । र दोषीहरूलाई कारबाही होस् ।’ उनले भने ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ३८ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।