तीनकुने घटनापछि भागेका दुर्गा प्रसाईं र उकास्ने पूर्वराजालाई कारबाही हुनुपर्छ : रेखा शर्मा | Khabarhub Khabarhub

तीनकुने घटनापछि भागेका दुर्गा प्रसाईं र उकास्ने पूर्वराजालाई कारबाही हुनुपर्छ : रेखा शर्मा


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले अहिलेको व्यवस्थाको विकल्प राजतन्त्र हुन नसक्ने बताएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा पार्टीकोतर्फबाट बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘अहिले संघीय लोकतानित्रक गणतन्त्र व्यवस्थाको अभ्यासमा हामी छौँ । यो व्यवस्थाको विकल्प राजतन्त्र होइन । त्यो पश्चगमन हो । पश्चगमनका पक्षमा हामी कहिले पनि छैनौँ । हुने छैनौँ’, उनले भनिन्, ‘त्यसकारण सम्माननीय सभामुखमार्फत् म आग्रह गर्न चाहन्छु–हामी संघीय लोकतान्त्रिक गणतन्त्रामा छौँ भन्दैमा के हामीलाई सबै गर्ने छुट छ ? छैन । हामीले संघीय गणतन्त्र, लोकतन्त्रमा हामीले सुशासन कायम सक्नुपर्छ । हामीले जनतालाई सेवा दिन सक्नुपर्छ । बदलिएको परिवेश अनुसार जनताको अवस्था बदल्न सक्नुपर्छ ।’

त्यसका लागि एकमात्र शर्त सुशासन रहेको उनले बताइन् । ‘हामीले त्यो गर्न सकेका छैनौँ । त्यसकारण हामीले सुशासनको पक्षमा सरकारलाई निरन्तर खबरदारी गर्दै आएका छौँ’, उनले भनिन्, ‘अहिले जसरी तीनकुनेको घटना भयो । तीनकुने घटनामा सरकारको एउटा राम्रो संस्थामा आगजनी भएको छ । व्यक्तिका निजी घर जलाइएका छन् । दुई–दुई जना व्यक्तिको हत्या भएको छ । म दुवै होनहार युवालाई सहिद घोषणाको माग गर्दछु । र, घाइतेहरूको निःशुल्क उपचारको माग गर्न चाहन्छु ।’

उनले यो दुखद घटनाका पछाडि कस्को हात छ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग रहेको बताइन् । ‘प्रत्यक्ष कमान्ड कथित जनकमान्डर दुर्गा प्रसाईंले गरेका छन् । तर, हामी सबैले के बुझेका छौँ भने यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन्’, उनले थपिन्, ‘उनको उक्साहटमा, उनले पटक पटक गरेको आह्वानमा, अपीलमा युवाहरू समाहित भएका छन् । त्यसकारण म सरकारसँग सभामुखमार्फत् के माग गर्न चाहन्छु भने राजतन्त्रात्मक वयवस्था यो होइन, त्यसकारण अहिले संविधानभन्दा माथि कोही छैन । कानुनभन्दा माथि कोही छैन ।’

पूर्वसञ्चारमन्त्रीसमेत रहेकी शर्माले सबैलाई कारबाही हुनुपर्ने बताइन् । ‘चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन् वा चाहे अहिले सामाजिक सञ्जालमा सक्रिय, तर लुकेर बसेका दुर्गा प्रसाईं हुन्’, उनले भनिन्, ‘तिनीहरू सबैलाई तुरुन्त कानुनी प्रक्रियामा सरकारले ल्याओस् । कानुनबोजिम कारबाही गरोस् भन्ने कुरा हामी हाम्रो दलको तर्फबाट माग गर्न चाहन्छौँ ।’

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ३९ बजे

सहिदको बलिदान अमूल्य सम्पत्ति : मुख्यमन्त्री सिंह

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

निजी मेडिकल कलेजमा सिट वृद्धिको निर्णय तत्काल फिर्ता नलिए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी 

काठमाडौं– चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल

पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ

बाँके– नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २

हराएका ४१ वटा दुईपाङग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन