काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले चैत १५ गतेको कार्यक्रमबारे सरकारलाई पूर्वजानकारी हुँदा हुँदै पनि हेलचेक्र्याइँ गरेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चैत १५ गते अप्रिय घटना हुन सक्ने जानकारी पहिले हुँदा पनि सरकार सचेत नभएको बताए ।
‘निर्मल निवासले जनकमान्डर बनाएको मान्छेबारे सबै थाहा हुँदा हुँदै पनि हजारौँ मान्छे राजा माग्दै उनको पछि लाग्न आश्चचर्यजनक भयो । उनलाई संसद्मा भएका पार्टीहरूले पनि जनकमान्डर बनाएको होइन ? पछिल्लो समयमा शीतलनिवासले (निर्मल निवास भनेनन्) जनकमान्डर बनायो’, उनले भने, ‘अब तयस्ता मान्छेले राजतन्त्र फिर्ता गरिदिन्छु भनेको भरमा हजारौँ मान्छे जम्मा हुने आश्चर्य त यो पो हो त । यसखालको गतिविधिबाट जुनखालको धनजनको क्षति भइको छ । यस खालको स्थिति देखिएको छ । यसले हामीले के पाठ सिक्नुपर्छ’
उनले दलहरूबीच मतभेद रहे पनि लोकतन्त्र जोगाउनु सबैको कर्तव्य भएको बताए । ‘तर, यो लोकतन्त्र, गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यसकारणले लोकतन्त्र, गणतन्त्र पक्षधरहरू हाम्रो बीचमा प्रशस्तै मतभेदहरू छन्’, उनले भने, ‘मतभेदका बावजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा र यो लोकतन्त्र, गणतन्त्रको नेतृत्व गरेका साथीहरू सच्चिनू, आत्मआलोचित हुनु जरुरी छ । गल्ती–कमजोरी भएका कुरालाई देश र जनताको अगाडि निर्भिक भएर आलोचना स्वीकार्नुपर्छ ।’
उनले अबदेखि यस्ता खालका गल्ती कमजोरी दोहोरिन नहुने बताए । ‘होइन भने हामीले वर्षौंसम्म लडेर स्थापना गरेको लोकतन्त्र, गणतन्त्रलाई प्रतिगामीहरूले उल्ट्याउँछन् नि । यो त ठूलो दुस्साहस हो । काठमाडौंको तीनकुनेमा हामीले हेर्दाहेर्दै यत्रो आँट गर्न सकेपछि, यसबाट हामीले पाठ सिक्नुपर्छ’, उनले भने, ‘नेपाली जनतालाई पनि लोकतन्त्र, गणतन्त्रले गर्न नसकेको काम एउटा पारिवारिक व्यवस्थाले गर्छ भन्ने भ्रम छ । हामीले पारिवारिक व्यवस्था विस्थापन गरिसक्यौँ, हटाइसक्यौँ ।’
पारिवारिक व्यवस्थाले अहिलेका समस्या समाधान गर्न सक्छ भ्रम पालिरहनु उचित नभएको बताए । ‘नेपाली जनताबीचमा लोकतन्त्र, गणतन्त्र राजनीतिक पार्टीहरू व्यापक रुपमा सरकारमा बसेका साथीहरूको पनि भण्डाफोर गर्नुपर्छ’, उनले भने, ‘उनीहरू आत्मआलोचित हुनुपर्छ । उनीहरूलाई सुधार्ने शर्तमा लोकतन्त्र, गणतन्त्र पक्षमा जनमत तयार गर्न कटिबद्ध भएर लाग्नुको विकल्प छैन ।’
प्रतिक्रिया