एकैठाउँ देखिए ओली, नेपाल र रावल « Khabarhub

एकैठाउँ देखिए ओली, नेपाल र रावल


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामान्य अवस्थमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र मातृभूमि राष्ट्रिय अभियान चलाइरहेका डा. भीम रावल एकठाउँ देखिन असम्भवप्राय कुरा हो ।

तर, सोमबार एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा एकजना पुराना वामनेता तथा लेखक कमल कोइरालालाई श्रद्धाञ्जली दिने क्रममा यी तीन नेता एकैठाउँ देखिए ।

पाका कम्युनिष्ट नेता कोइरालाको निधन भएपछि एकीकृत समाजवादीले श्रद्धाञ्जली कार्यक्रम आलोकनगरमै राखेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ‌ओली संसद्लाई सम्बोधन गरेर त्यहीँ पुगे ।

आफ्नो पार्टीका नेताको निधनको शोकमा यसअघि नै समाजवादी अध्यक्ष माधवकुमार नेपाल आलोकनगरमै थिए । उता गत पुस ११ गतेको एमाले सचिालय बैठकमाट निष्काशनमा परेका पूर्वउपाध्यक्ष डा. भीम रावल पनि आलोकनगर पुगे ।

ओलीले समाजवादी अध्यक्ष नेपाललाई सँगै राखेर पुराना कम्युनिष्ट नेता कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जली दिएपछि प्रधानमन्त्री ओली पनि फटाफट बाहिरिएनन् । उनले समाजवादीका नेताहरूसँग केही बेर संवाद पनि गरे ।

त्यससँगै उनले गत शुक्रबार राजावादीका नाममा अराजक समूहले तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण पनि अध्यक्ष नेपालसँगै घुमेर जानकारी लिए ।

समाजवादीको कार्यालयमा भएको आगजनी र तोडफोडको क्षतिको विवरण बुझेपछि यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने आश्वासन उनले दिए ।

यस्तै ओलीले शुक्रबार राजावादीले तोडफोड र आगजनी गर्दा भएको क्षतिको विवरणबारे एकीकृत समाजवादीको कार्यलयबाट विवरणसमेत लिएका छन् ।

यससँगै उनीहरू कार्यालयको माथिल्लो तलमा उक्लिएर केही बेर एकै कोठामा बसे । त्यसक्रममा ओली, त्यसपछि नेपाल र डा. रावल लहरै बसेका थिए ।

उनीहरूको ठीक सामुन्ने समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल बसेका थिए । ओली र नेपाल बसेको लहरको पल्लो छेउमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए ।

रोचक कुरा त के छ भने यी सबै नेता २०७७ माघसम्म एकै पार्टी अर्थात् खारेजीमा परेको तत्कालीन नेकपामा थिए । त्यसपछि छिन्न भिन्न भएका उनीहरू अहिले चारवटा अलग अलग दल र समूहमा छन् ।

२०७७ फागुनमै सर्वोच्च अदालतको आदेशमा नेकपा खारेजीमा परेपछि नेकपा माओवादी र नेकपा एमाले पुरानै अवस्थामा फर्किए। तर तत्कालीन अध्यक्ष ओलीसँग दुई लाइन संघर्ष चलाएका माधव नेपाल र झलनाथहरू कतै जान नसकेपछि नयाँ यात्रा लागे । तत्कालीन १० बुँदेका रुपमा चिनिने उनीहरूले २०७८ भदौमा एकीकृत समाजवादी बनाए ।

तर, एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेका डा. रावल फेरि न यता न उता भए । एमालेमा पनि टिकिरहन सकेनन्, एकीकृत समाजवादीमा पनि जान सकेनन् । एमालेमा बसे पनि आफ्नै बलमा गतिविधि गरिरहेका उनलाई पनि गत पुस ११ गते पार्टीबाट निकालियो ।

एमालेले पनि बस्न नदिएर निकालेपछि उनी अहिले मातृभूमि अभियान चलाएर बसेका छन् । तर उनले अहिलेसम्म नयाँ पार्टी खोल्नेबारे निर्णय लिन सकेनन् ।

कुनै बेला एकै दलमा रहेर अहिले छिन्नभिन्न भएका यी नेताहरू कम्तीमा एकजना नेताकै शोकको बहानामा भए पनि एकैठाउँ देखिए । प्रधानमन्त्री ओलीको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा झलनाथ र प्रधानमन्त्री संवाद गरिरहेको देख्न सकि्न्छ । तर अध्यक्ष नेपाल भने राम्ररी खुल्न नसकेको तस्बिरले देखाउँछ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  २ : २६ बजे

सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो र तस्बिर पोस्ट नगर्न यूएई दूतावासको आनुरोध

काठमाडौं – यूएईको अबुदाबीस्थित नेपाली राजदूतावासले सुरक्षा स्थितिको बारे भ्रम

हिमपातका कारण चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

हुम्ला– हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री

काठमाडौं-९ मा जसपाको समर्थन कांग्रेसलाई

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट

नयाँपुस्ताका मतदाता भन्छन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

नवलपरासी– आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा

झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न