ममाथि षड्यन्त्र भयो, बाँकी कुरा शनिबार भन्छु : रवि लामिछाने « Khabarhub

ममाथि षड्यन्त्र भयो, बाँकी कुरा शनिबार भन्छु : रवि लामिछाने


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफूमाथि षड्यन्त्र गरेको बताएका छन् । सोमबार उनले आफूमाथि भएको षड्यन्त्रबारे चितवनका जनतालाई सम्बोधन गर्ने बताए ।

आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले सरकाले अझै सक्छ भने आफूलाई थुनेर देखाउन पनि ठाडो चुनौती दिएका छन् ।

‘मलाई थुन, संविधान संशोधन गर्ने भनेर बनेको सरकार ममाथि खनिएको छ । म चितवनका जनतालाई बताउन चाहन्छु । म आउने शनिबार चितवन गएर के षड्यन्त्र भयो सबै चितवनवासीलाई बताउन चाहन्छु । म मेरा चितवनका जनताप्रति ऋणी छु ।’ उनले भने, ‘रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर हिँडेको हो । यिनीहरूका अगाडि शिर झुकाउने काम गरिनँ । के नियतले मलाई राति उठाइयो सबैतिर छ्याङ्ग छ ।’

उनले शनिबारको चितवन भेलामा आफ्ना बाँकी कुरा बताउने उल्लेख गरे ।

सहकारी ठगी प्रकरणमा लामिछानेको सांसद पद अहिले पनि निलम्बनमा छ । उनको अदालतमा मुद्दा विचाराधीन भए पनि पार्टीको जिम्मेवारीमा फर्कन लागेका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ३ : ४९ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण