ममाथि षड्यन्त्र भयो, बाँकी कुरा शनिबार भन्छु : रवि लामिछाने « Khabarhub

ममाथि षड्यन्त्र भयो, बाँकी कुरा शनिबार भन्छु : रवि लामिछाने


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफूमाथि षड्यन्त्र गरेको बताएका छन् । सोमबार उनले आफूमाथि भएको षड्यन्त्रबारे चितवनका जनतालाई सम्बोधन गर्ने बताए ।

आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले सरकाले अझै सक्छ भने आफूलाई थुनेर देखाउन पनि ठाडो चुनौती दिएका छन् ।

‘मलाई थुन, संविधान संशोधन गर्ने भनेर बनेको सरकार ममाथि खनिएको छ । म चितवनका जनतालाई बताउन चाहन्छु । म आउने शनिबार चितवन गएर के षड्यन्त्र भयो सबै चितवनवासीलाई बताउन चाहन्छु । म मेरा चितवनका जनताप्रति ऋणी छु ।’ उनले भने, ‘रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर हिँडेको हो । यिनीहरूका अगाडि शिर झुकाउने काम गरिनँ । के नियतले मलाई राति उठाइयो सबैतिर छ्याङ्ग छ ।’

उनले शनिबारको चितवन भेलामा आफ्ना बाँकी कुरा बताउने उल्लेख गरे ।

सहकारी ठगी प्रकरणमा लामिछानेको सांसद पद अहिले पनि निलम्बनमा छ । उनको अदालतमा मुद्दा विचाराधीन भए पनि पार्टीको जिम्मेवारीमा फर्कन लागेका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ३ : ४९ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।