संवैधानिक परिषद् विधेयक सर्वसम्मत पारित « Khabarhub

संवैधानिक परिषद् विधेयक सर्वसम्मत पारित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाले संवैधानिक परिषद् विधेयक पारित गरेको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सोमबार बसेको बैठकले संवैधानिक परिषद् विधेयक सर्वसम्मत पारित गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले भने, ‘संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक २०८१ सर्वसम्मतीले पारित भएको घोषणा गर्दछु ।’

पारित विधेयक २०७९ फागुन १२ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उक्त विधेयक संसद्मा दर्ता गरेको थियो ।

विधेयकलाई २०८१ जेठ १७ मा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा पास गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ३ : ५१ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।