सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे « Khabarhub

सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लेखनाथ (कास्की) : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका नाममा सञ्चारकर्मी र मिडियामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् ।

पत्रकार सुरेश रजकको मृत्युको विषयलाई लिएर पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलद्वारा आज पोखरामा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलन र जनसभाका नाममा भएको अराजक गतिविधिका कारण पत्रकार रजकसहित अर्का एक युवाको ज्यान जानु अत्यन्तै दुःखद भएको बताउँदै उक्त हत्यामा संलग्नलाई पक्राउ गरी छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउने आश्वासन दिए ।

‘नेपालको संविधानले शान्तिपूर्ण रूपमा जनसभा र जुलुस गरी आफ्ना माग राख्न पाउने अधिकार दिएको छ, तर अराजक गतिविधिद्वारा जनधनको क्षति गर्ने गरी यस्ता गतिविधि गर्न कुसैलाई छुट छैन”, उनले भने, “चैत १५ गते काठमाडौँको तिनकुनेमा घटाइएको उक्त घटना निन्दनीय छ ।”

निरङ्कुश राजतन्त्रको बेला जनतामा सचेतना जगाउन नेपालको मिडिया क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको बताउँदै उहाँले महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र आफूले सङ्घ सरकारसम्म पुर्‍याइदिने प्रतिबद्धता व्यक्त गरे । सञ्चारकर्मीले संविधान र गणतन्त्रको सुरक्षामा सक्रिय रूपमा कलम चलाउँदै आएको बताउँदै उनले स्वतन्त्र पत्रकारिताको लागि प्रदेश सरकारको सधैँ सहयोग रहने बताए ।

ध्यानाकर्षण पत्रमा ज्यान गुमाएको पत्रकार रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरे । त्यस्तै घाइते पत्रकारको उपचारमासमेत सरकारले सहयोग गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ४ : २६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु