गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ’ भन्नु सज्जनको काम होइन : मन्त्री गुरुङ « Khabarhub

गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ’ भन्नु सज्जनको काम होइन : मन्त्री गुरुङ


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण कार्य भएको टिप्पणी गरेका छन् ।

काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव हीरक महोत्सव कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौम सत्ता सुम्पिएको इतिहास सम्झाउँदै मन्त्री गुरुङले अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण कार्य रहेको प्रस्ट पारे ।

मन्त्री गुरुङले भने, “गणतान्त्रिक शासन व्यवस्थामा राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन ।” कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको बताए ।

उनले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन रेडियो नेपालको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ५ : ५३ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६