गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ’ भन्नु सज्जनको काम होइन : मन्त्री गुरुङ « Khabarhub

गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ’ भन्नु सज्जनको काम होइन : मन्त्री गुरुङ


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण कार्य भएको टिप्पणी गरेका छन् ।

काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव हीरक महोत्सव कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौम सत्ता सुम्पिएको इतिहास सम्झाउँदै मन्त्री गुरुङले अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण कार्य रहेको प्रस्ट पारे ।

मन्त्री गुरुङले भने, “गणतान्त्रिक शासन व्यवस्थामा राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन ।” कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको बताए ।

उनले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन रेडियो नेपालको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ५ : ५३ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।