हामीलाई राजा चाहिँदैन, म चाहिँ हिन्दुराष्ट्रको पक्षमा छु : शशांक कोइराला « Khabarhub

हामीलाई राजा चाहिँदैन, म चाहिँ हिन्दुराष्ट्रको पक्षमा छु : शशांक कोइराला


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आफूहरूलाई राजा नचाहिएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसलाई राजा नचाहिने प्रष्ट पारेका हुन् ।

नेता कोइरालाले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको भने बताए । ‘अब राजा हामीलाई चाहिँदैन,’ उनले भने, ‘हिन्दुराष्ट्रको पक्षमा चाहिँ म छु ।’

उनले राजाहरूको नाम उच्चारण नगरेरै पटक–पटक अवसर दिँदा पनि दुरुपयोग गरेको जिकिर गरे । अब पनि राजाले अवसर पाए दुरुपयोग नगर्ने कुनै गरेन्टी नभएको कोइरालाको भनाइ थियो ।

‘राजालाई हामीले पटक पटक मौका दियौं, अवसर दियौँ,’ डा. कोइरालाले भने, ‘उसले दुरुपयोग गर्‍यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन ?’

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ०७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको