हामीलाई राजा चाहिँदैन, म चाहिँ हिन्दुराष्ट्रको पक्षमा छु : शशांक कोइराला « Khabarhub

हामीलाई राजा चाहिँदैन, म चाहिँ हिन्दुराष्ट्रको पक्षमा छु : शशांक कोइराला


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आफूहरूलाई राजा नचाहिएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसलाई राजा नचाहिने प्रष्ट पारेका हुन् ।

नेता कोइरालाले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको भने बताए । ‘अब राजा हामीलाई चाहिँदैन,’ उनले भने, ‘हिन्दुराष्ट्रको पक्षमा चाहिँ म छु ।’

उनले राजाहरूको नाम उच्चारण नगरेरै पटक–पटक अवसर दिँदा पनि दुरुपयोग गरेको जिकिर गरे । अब पनि राजाले अवसर पाए दुरुपयोग नगर्ने कुनै गरेन्टी नभएको कोइरालाको भनाइ थियो ।

‘राजालाई हामीले पटक पटक मौका दियौं, अवसर दियौँ,’ डा. कोइरालाले भने, ‘उसले दुरुपयोग गर्‍यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन ?’

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ०७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी