शून्य शैक्षिक गरिबीको पहल शुरु « Khabarhub

शून्य शैक्षिक गरिबीको पहल शुरु


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ शिक्षा क्षेत्रको सुधारका लागि काम गर्दै आएको यूडब्ल्यूएस नेपालले ‘शून्य शैक्षिक गरिबी’ को पहल थालेको छ ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच यूडब्ल्यूएस नेपालले “शून्य शैक्षिक गरिबी” परियोजनाको सुरु गरेको घोषणा गरेको हो । त्यस्तै युडव्लुएस नेपालले, “यूके एड म्याच चौथो चरणः सिकईदेखि कार्यान्वयन सम्म” को समापन भएको जनाएको छ ।

विगत तीन वर्षमा, युके एड म्याच चौथो चरण परियोजनाले गरिबी, लैङ्गिक असमानता, भौगोलिक विकटता र अपर्याप्त विद्यालय पूर्वाधार समस्यालाई समाधान गर्दै ८ हजार ५ सय ५ बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको युडब्ल्यूएस नेपालका निर्देशक सूर्य कार्कीले जानकारी दिए ।

यस पहलले विद्यालय पूर्वाधारहरुलाई सुदृढ बनाउँदै, शिक्षण क्षमता बढाएको र सुधारहरूलाई दिगो बनाउन स्थानीय सरकारहरूसँग दीर्घकालीन साझेदारीलाई सशक्त बनाएको उनले बताए । निर्देशक कार्कीले शैक्षिक परिवर्तन भवन निर्माणका रुपमा देखिएको भन्दै त्यसका कारण शिक्षा क्षेत्रमा भने परिवर्तन हुन नसकेको देखिएको उल्लेख गरे ।

कार्यक्रममा स्थानीय शिक्षामा उत्कृष्ट अभ्यास, चुनौती र दिगो समाधानका बारेमा सामूहिक छलफल गरिएको थियो । यूडब्लूएस नेपालले हालसम्म २९ नगरपालिकाका ३२१ दुर्गम समुदायहरुमा शैक्षिक रूपान्तरण गरी १०७ विद्यालयहरू मार्फत २०,६९० विद्यार्थीहरुसम्म पहुँच पुराइएको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ३४ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका