त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी « Khabarhub

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन् ।

जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ७८९ मतसहित सभापति पद पक्का गरे ।

उनले एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पछि पारे । सिद्धान् ७८१ मतसहित दोस्रो भए ।

 त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन भएको थियो । यहाँ विद्युतीय मेशिनमा मत खसालिएकाले नतिजा पनि चाँडो आएको हो ।

यसअघि उक्त क्याम्पसमा स्ववियु निर्वाचनको विवाद अदालत पुगेपछि निर्वाचन रोकिएको थियो । विवादमा उच्च अदालत, पाटनले निर्वाचन रोक्न दिएको अन्तरिक आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेपनि सोमबार निर्वाचन भएको हो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सवै विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारी परेको थियो । क्याम्पसमा ६ हजार बढि विद्यार्थी मतदाता थिए । तर आधा मात्रै मतदान भएको थियो ।

अन्तिम परिणाम

नेविसंघ (दीपक राज जोशी)- ७८९
अनेरास्ववियु (सिद्धान्त भट्ट )-७८१
क्रान्तिकारी (प्रविन दाहल)-७२७
स्वतन्त्र (पद्मा भुषाल)-१६६
स्वतन्त्र (उज्ज्वल खड्का)-७१७

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ४६ बजे

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा