त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी « Khabarhub

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन् ।

जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ७८९ मतसहित सभापति पद पक्का गरे ।

उनले एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पछि पारे । सिद्धान् ७८१ मतसहित दोस्रो भए ।

 त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन भएको थियो । यहाँ विद्युतीय मेशिनमा मत खसालिएकाले नतिजा पनि चाँडो आएको हो ।

यसअघि उक्त क्याम्पसमा स्ववियु निर्वाचनको विवाद अदालत पुगेपछि निर्वाचन रोकिएको थियो । विवादमा उच्च अदालत, पाटनले निर्वाचन रोक्न दिएको अन्तरिक आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेपनि सोमबार निर्वाचन भएको हो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सवै विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारी परेको थियो । क्याम्पसमा ६ हजार बढि विद्यार्थी मतदाता थिए । तर आधा मात्रै मतदान भएको थियो ।

अन्तिम परिणाम

नेविसंघ (दीपक राज जोशी)- ७८९
अनेरास्ववियु (सिद्धान्त भट्ट )-७८१
क्रान्तिकारी (प्रविन दाहल)-७२७
स्वतन्त्र (पद्मा भुषाल)-१६६
स्वतन्त्र (उज्ज्वल खड्का)-७१७

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै