पोखरामा भलिबल च्याम्पियनसिप हुने « Khabarhub

पोखरामा भलिबल च्याम्पियनसिप हुने


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको आयोजनामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ हुने भएको छ ।

लायन्सले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरामा भलिबल च्याम्पियनसिप हुने जानकारी गराएको हो ।

संस्थाको स्थापना अन्तरराष्ट्रियस्तरमा एक सय सात वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको उपलक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले भलिबल च्याम्पियनसिप आयोजना गर्न लागिएको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनले खेलहरू पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुने बताए ।

उनले लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नु र युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु च्याम्पियनसिपको प्रमुख उद्देश्य रहेको बताए ।

“लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नु, युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु, पोखरालाई खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने र खेलकुदमार्फत अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्य लिइएको छ”, उनले भने ।

च्याम्पियनसिपमा छ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । पाकिस्तान भलिबल क्लब इस्लामावाद, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँग सम्झौता भइसकेको तथा भारत र इरानको टिमसँग सरसल्लाह भइरहेको आयोजकले जनाएको छ ।

च्याम्पियनसिपको प्रथम पुरस्कार रु चार लाख ४४ हजार ४४४, द्वितीय पुरस्कार रु दुई लाख ४४ हजार ४४४ र तृतीय पुरस्कार रु एक लाख ४४ हजार ४४४ नगद, ट्रफी मेडल र प्रमाणपत्र राखिएको छ । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीलाई रु १४ हजार ४४४ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत पुरस्कारतर्फ रु आठ हजार ४४४ रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ९ : ०२ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक