राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द | Khabarhub Khabarhub

राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र सम्पूर्ण जनता एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनु पर्ने बताएका छन् ।

सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै चन्दले सरकार, संसद, न्यायपालिका र राज्यका अन्य अंगहरुमाथि जनविश्वास गुम्न गई आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको बताएका हुन् ।

उनले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ मा काठमाडौंमा भएको शान्तिपूर्ण विरोधसभाको क्रममा दुःखद घटना भएको भन्दै नियोजित रुपमा हत्या, हिंसा र आगजनी तथा लुटपाटका घटनाहरु घटाइएको दाबी गरेका छन् ।

उनले नजरबन्दमा राखिएका राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी तथा हिरासतमा राखिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष श्री रविन्द्र मिश्र, राप्रपाका महामन्त्री धवलशमशेर राणा लगायतलाई यथाशीघ्र बिनाशर्त रिहाइ गर्न समेत माग गरेका छन् ।

‘मुलुक अब निषेधको राजनीतिबाट अगाडि बढ्न सक्दैन । राष्ट्रिय सहमति, सहकार्य र सबै पक्षबीच राष्ट्रिय एकता नै अबको निकासको अपरिहार्य मार्ग हो । दश वर्षको माओवादी द्वन्द र ०६२/०६३ को आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहिन र उत्तरदायित्व विहिनताको भूमरीमा फसेको छ । सरकार, संसद, न्यायपालिका र राज्यका अन्य अंगहरुमाथि जनविश्वास गुम्न गई आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको छ’ विज्ञप्तिमा उल्लेख छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १० : २४ बजे

थापागाउँबाट च्यासललाई पूर्वराष्ट्रपति भण्डारीको जवाफ : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर

किसानलाई मल र सिँचाइ उपलब्ध गराउन सांसदको माग

काठमाडौं– प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा

बलिउड कलाकारमाथि किन खनिइन् श्रुति हासन ?

काठमाडौं– अभिनेत्री श्रुति हासन अहिले आफ्नो फिल्म ‘कुली’ को प्रदर्शनका

विद्याका अघि ईश्वर पोखेरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा सघाइरहेका नेकपा (एमाले)

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा