अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित « Khabarhub

अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा ७० मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी उद्धव पोख्रेलले ४५ र अर्का प्रतिष्पर्धीले २ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा हेमन लमिछाने, महिला उपाध्यक्षमा सहनशिला श्रेष्ठ ,महासचिवमा दीपेन्द्र घिमिरे ,सचिवमा वसन्त पाण्डे कोषाध्यक्षमा जनक प्रधान निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यकारी सदस्यहरूमा सुरज बुढाथोकी , सकिना थापा ,नवराज तिमिल्सिना ,श्रीधर आचार्य ,रिवाज मैनाली ,युवराज घिमिरे ,पुजन गड्तौला ,नविन चौलागाईं ,बिमर्श पाण्डे,विवेक ओझा र क्रिशम खड्का निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष श्रेष्ठले प्रवासमा रहेर नेपाली कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने बताए । यहाँ रहेका नेपाली समुदायलाई एकत्रीत गरेर भातृत्त्वको भावना विकास गराउन पनि पहल गर्ने उनको भनाइ छ ।

नेपाली समुदायलाई अष्ट्रेलियाको समुदायमा जोड्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने उनले बताए । ‘प्रवासमा रहेका नेपाली समुदायलाई एकतामा राखी सधैँ एकजुट हुनुपर्छ अभियान चलाउनेछु,’ उनले भने ।

श्रेष्ठ सुनसरी इटहरी उपमहानगरपालिका २० का हुन् । उनी सात वर्षददेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । उनी कन्सट्रक्सन क्षेत्रमा काम गर्छन् । श्रेष्ठ अष्ट्रेलिया एनआरएनका सदस्य समेत हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १० : ३५ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन