तेस्रो सातामा ‘घर नम्बर २’, दर्शक बढ्नेमा निर्देशक खनाल आशावादी « Khabarhub

तेस्रो सातामा ‘घर नम्बर २’, दर्शक बढ्नेमा निर्देशक खनाल आशावादी


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मल्टिस्टारर फिल्म ‘के घर के डेरा : घर नम्बर २’ तेस्रो सातामा प्रदर्शनरत छ । यही शुक्रबारबाट यो फिल्म तेस्रो सातामा प्रवेश गरेको छ ।

सहरी जनजीवनको कथा समेटिएको यस फिल्मको निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्ममा नायकहरु आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, नायिकाहरु केकी अधिकारी र उपासनासिंह ठकुरी शीर्ष भूमिकामा छन् ।

फिल्मको सकारात्मक ‘वर्ड अफ माउथ’का साथ प्रदर्शन छन् । अकुपेन्सी भने उत्साहजनक छैन । यसबारे निर्देशक खनाल भन्छन्, ‘जतिले फिल्म हेर्नुभएको छ, राम्रो प्रतिक्रिया दिनुभएको छ । उहाँहरुले प्रतिक्रियाले हलमा दर्शकको संख्या बढ्ने मैले विश्वास लिएको छु ।’

यो फिल्म ‘ऊनको स्वीटर’को आक्रमक अकुपेन्सीको चापमा परेको थियो । उक्त फिल्मको पनि अहिले अकुपेन्सी घट्दो क्रममा नै छ ।

यो शुक्रबार फ्रेस फिल्म हलमा नलागेकाले यो साता दर्शकलाई तान्ने सुविधा ‘घर नम्बर २’ले पाएको छ । वितरक करण श्रेष्ठ पनि शो संख्या थपिने क्रममा रहेको बताउँछन् ।

‘के घर के डेरा स् घर नं २’ को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा स् घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मका लेखक बुद्धिसागर हुन् ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ७ : ५२ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा