आईपीएलबाट बाहिरियो गुजरात, फाइनलमा पुग्न मुम्बईले पञ्जाबसँग खेल्ने « Khabarhub

आईपीएलबाट बाहिरियो गुजरात, फाइनलमा पुग्न मुम्बईले पञ्जाबसँग खेल्ने


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

पञ्जाब-मुम्बई इन्डियन्सले आईपीएल २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराएको छ ।

जितका लागि २२९ रनको लक्ष्य पाएको गुजरात ६ विकेटको क्षतिमा २०८ रनमा समेटियो ।

एलिमिनेटर म्याचमा मुम्बई इन्डियन्सले गुजरातलाई २० रनले हराएसँगै क्वालिफायर-२ मा स्थान सुरक्षित गरेको छ । जहाँ उसले १ जुन आइतबार फाइनलका लागि पञ्जाब किङ्ससँग खेल्नेछ।

मुम्बईले नयाँ चण्डीगढस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको थियो। टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनायो।

जवाफी इनिङमा गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो। अन्तिम क्रममा राहुल तेवतिया र शाहरुख खान क्रिजमा थिए।

ट्रेन्ट बोल्टले १९औँ ओभरको पहिलो बलमै शेर्फन रदरफोर्डलाई तिलक वर्माबाट क्याच गराए। उनले पहिलो ओभरमै कप्तान शुभमन गिललाई (१ रन) एलबीडब्लू आउट गरेका थिए।

साई सुदर्शनलाई (८० रन) रिचर्ड ग्लीसनले क्लीन बोल्ड गरे। वाशिङ्गटन सुन्दर (४८ रन) लाई जसप्रीत बुमराहले योर्कर बलमा बोल्ड गरे।

बल रोकेर बचाउने प्रयासमा सुन्दर क्रिजमै लडे। कुसल मेन्डिस (२० रन) मिचेल स्यान्टनरको ओभरमा हिट विकेट भएर आउट भए।

मुम्बईको तर्फबाट रोहित शर्माले ५० बलमा ८१ रनको शानदार इनिङ खेले । उनलेे ९ चौका र ४ छक्का पनि हाने ।

रोहितबाहेक जोनी बेयरस्टोले ४७, सूर्यकुमार यादवले ३३, तिलक वर्माले २५, र कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाए। पराजित गुजरातका प्रसिद्ध कृष्णा र साई किशोरले समान २–२ विकेट लिए।

प्लेइङ–११

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), रोहित शर्मा, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, राज अंगद बाबा, मिचेल स्यान्टनर, रिचर्ड ग्लीसन, ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह।

गुजरात टाइटन्स: शुभमन गिल (कप्तान), साई सुदर्शन, कुसल मेन्डिस (विकेटकिपर), शाहरुख खान, वाशिङ्गटन सुन्दर, राहुल तेवतिया, राशिद खान, मोहम्मद सिराज, जेराल्ड कुट्जी, साई किशोर, प्रसिद्ध कृष्णा।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १२ : १४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र