आईपीएलबाट बाहिरियो गुजरात, फाइनलमा पुग्न मुम्बईले पञ्जाबसँग खेल्ने « Khabarhub

आईपीएलबाट बाहिरियो गुजरात, फाइनलमा पुग्न मुम्बईले पञ्जाबसँग खेल्ने


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

पञ्जाब-मुम्बई इन्डियन्सले आईपीएल २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराएको छ ।

जितका लागि २२९ रनको लक्ष्य पाएको गुजरात ६ विकेटको क्षतिमा २०८ रनमा समेटियो ।

एलिमिनेटर म्याचमा मुम्बई इन्डियन्सले गुजरातलाई २० रनले हराएसँगै क्वालिफायर-२ मा स्थान सुरक्षित गरेको छ । जहाँ उसले १ जुन आइतबार फाइनलका लागि पञ्जाब किङ्ससँग खेल्नेछ।

मुम्बईले नयाँ चण्डीगढस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको थियो। टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनायो।

जवाफी इनिङमा गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो। अन्तिम क्रममा राहुल तेवतिया र शाहरुख खान क्रिजमा थिए।

ट्रेन्ट बोल्टले १९औँ ओभरको पहिलो बलमै शेर्फन रदरफोर्डलाई तिलक वर्माबाट क्याच गराए। उनले पहिलो ओभरमै कप्तान शुभमन गिललाई (१ रन) एलबीडब्लू आउट गरेका थिए।

साई सुदर्शनलाई (८० रन) रिचर्ड ग्लीसनले क्लीन बोल्ड गरे। वाशिङ्गटन सुन्दर (४८ रन) लाई जसप्रीत बुमराहले योर्कर बलमा बोल्ड गरे।

बल रोकेर बचाउने प्रयासमा सुन्दर क्रिजमै लडे। कुसल मेन्डिस (२० रन) मिचेल स्यान्टनरको ओभरमा हिट विकेट भएर आउट भए।

मुम्बईको तर्फबाट रोहित शर्माले ५० बलमा ८१ रनको शानदार इनिङ खेले । उनलेे ९ चौका र ४ छक्का पनि हाने ।

रोहितबाहेक जोनी बेयरस्टोले ४७, सूर्यकुमार यादवले ३३, तिलक वर्माले २५, र कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाए। पराजित गुजरातका प्रसिद्ध कृष्णा र साई किशोरले समान २–२ विकेट लिए।

प्लेइङ–११

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), रोहित शर्मा, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, राज अंगद बाबा, मिचेल स्यान्टनर, रिचर्ड ग्लीसन, ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह।

गुजरात टाइटन्स: शुभमन गिल (कप्तान), साई सुदर्शन, कुसल मेन्डिस (विकेटकिपर), शाहरुख खान, वाशिङ्गटन सुन्दर, राहुल तेवतिया, राशिद खान, मोहम्मद सिराज, जेराल्ड कुट्जी, साई किशोर, प्रसिद्ध कृष्णा।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १२ : १४ बजे

स्वास्थ्य बीमा सेवा कटौती गर्ने बोर्डको निर्णय

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण

प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक पेश गर्दै सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बुधबारको प्रतिनिधि

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी – पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको