आज २०८२ साल जेठ १७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १७ गते शनिबारको राशिफल


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १७ गते शनिबार। जेठ शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मे ३१ तारिख। ध्रूमपानविरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंका लागि दिन सामान्य छ। हरेक काममा धेरै मिहिनेत गर्नुपर्नेछ लगानीका क्षेत्रमा धन फस्ने जोखिम छ। हरेक काममा धैर्य बन्नुपर्नेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ।

वृष : आज तपाईंका लागि दिन कठिन छ। हातमा आइसकेको सम्पत्ति गुम्ने खतरा छ। विपक्षीको अवरोधले काम नबन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा धेरै मिहिनेत गर्दा मात्र सफलता मिल्नेछ।

मिथुन : दिन धेरै राम्रो छ। सोचेको काम बन्दा मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा नाफा होला। परिवारको साथमा हरेक काम सफल बन्ने योग रहेको छ।

कर्कट : महत्त्वपूर्ण अवसर प्राप्त हुनेछन्। नियमित काममा थप मिहिनेत गर्नु उचित हुनेछ। कृषि क्षेत्रको व्यापारबाट नाफा होला। साथीको सहयोगले तपाईंको काम सहजै बन्नेछ।

सिंह : दिन सामान्य छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा असहयोग हुनेछ। प्रेमे सम्बन्धमा खटपटी बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने देखिन्छ।

कन्या : आज तपाईंमाथि व्यावहारिक बोझ थपिने छ। जतिसुकै मिहिनेत गरे पनि तपाईंको कामको आलोचना हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

तुला : दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग घुमघामको अवसर मिल्नेछ।

वृश्चिक : कामको तनाव बढ्नेछ। पारिवारिक जिम्मेवारी थपिने छ। महत्त्वपूर्ण उपलब्धिका लागि धेरै मिहिनेत गर्नु उचित हुनेछ। लामो समयदेखिको प्रतिक्षाको फल प्राप्त हुनेछ।

धनु : अनावश्यक यात्राले खर्च बढ्नेछ। सञ्चित धनको सुरक्षा गर्नुपर्ने दिन छ। राज्यबाट नै त्रास बढ्नेछ। व्यापारमा घाटा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

मकर : तपाईंका लागि आजको दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परिवारसँग घुमघामको अवसर प्राप्त होला। आफन्तसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज तपाईंको सञ्चित धन खर्च हुनेछ। यात्रा नगर्नु नै राम्रो हुन्छ। व्यापारमा नाफा कमाउन थप मिहिनेत गर्नु आवश्यक छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ।

मीन : आफन्त रुष्ट हुनेछन्। मन अशान्त बन्नेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जत र इमेज बिग्रिने जोखिम हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : ०२ बजे

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते

भक्तपुर- १ का मतदाता भन्छन् : सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

काठमाडौं– ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर