आईपीएलमा कीर्तिमान बढाउँदै रोहित शर्मा : के के बने रेकर्ड ? « Khabarhub

आईपीएलमा कीर्तिमान बढाउँदै रोहित शर्मा : के के बने रेकर्ड ?


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटर खेलमा गुजरात टाइटानलाई हराउने क्रममा मुम्बई इन्डियन्सले प्ले अफमा दोस्रो ठुलो योगफलको कीर्तिमान गरेको छ।

मुम्बईले पाँच विकेटको क्षतिमा २२८ रन बनाएको हो। यसअघि सन् २०२३ मा गुजरातले मुम्बईविरुद्ध तीन विकेटको क्षतिमा २३३ रन जोडेको हो। मुम्बईका रोहित शर्माले आईपीएलमा सात हजार ३८ रन प्रहार गरेका छन् । आईपीएलमा विराट कोहलीले ८६१८ रन प्रहार गरेका छन्।

रोहितको आईपीएलमा छक्काको सङ्ख्या ३०२ पुगेको छ। आईपीएलमा ३०० छक्का प्रहार गर्ने रोहित दोस्रो खेलाडी हुन्। क्रिस गेलले कुल ३५७ छक्का प्रहार गरेका छन्। रोहितले २५१ छक्का मुम्बईका लागि प्रहार गरेका हुन्। बाँकी ५१ छक्का डेक्कन चार्जरका लागि प्रहार गरेका थिए। एउटै टोलीका लागि धेरै छक्का प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन्। विराट कोहलीले आरसिबीका लागि २९१ छक्का प्रहार गरेका छन्।

गुजरातका साई सुदर्शनले यस सिजनमा ७५९ रन प्रहार गरे। एकै सिजनमा धेरै रन प्रहार गर्ने उनी पाँचौँ खेलाडी हुन्। यसअघि गुजरातका लागि धेरै रन प्रहार गर्ने क्रममा सन् २०२३ मा शुभमन गिलले ८९० रन प्रहार गरेका थिए।

मुम्बईले आईपीएलमा २०० भन्दा बढी रनको लक्ष्य १८ पटक दिएको छ। यी सबैमा सफलता पाएको छ। सो खेलमा कुल ४३६ रन बनेको थियो। एउटै आईपीएल प्ले अफमा सबै भन्दा धेरै रन प्रहार भएको पनि सोही खेल थियो।

यस सिजनमा रसिद खानको बलमा ३३ छक्का प्रहार भए। आईपीएलको एकै सिजनमा धेरै छक्का प्रहार भएको पनि यो पहिलो पटक हो। यस अघि सन् २०२२ मा मोहम्मद सिराजको बलमा ३१ छक्का प्रहार भएको थियो।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ६ : २४ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय