अण्डाको मूल्य बढेपछि किसान खुसी | Khabarhub Khabarhub

अण्डाको मूल्य बढेपछि किसान खुसी


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन– लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को ४८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा ४६५ र मझौला ४३५ रुपैयाँ तोकिएको छ ।

यसअघिको भन्दा प्रतिक्रेटमा १५ रुपैयाँ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । उनले भने, ‘बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन् । तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन् ।’

पोखरेलले चर्को गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको बताए । गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने उनको भनाइ छ । यससँगै विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन् ।

पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको उनले बताए ।

अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ । नेपालमा अण्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन् । ठूला फार्महरू खुलेकाले मागलाई धान्न सकेको पोखरेलले बताए ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ७ : ०९ बजे

गोठदेखि ओठसम्म दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपभोक्ताले स्वच्छ दूध र दुग्धजन्य पदार्थ उपभोग

सीटी मार्केटका सबै पसल तीन महिनाभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको सीटी मार्केटका सबै पसलहरू

दशैँमा गाउँ फर्कनेको चहलपहल, यस्तो देखियो जडीबुटी क्षेत्र (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै काठमाडौं छोड्नेको संख्या

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

काठमाडौं– नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै

बाह्र केजी गाँजासहित दुई महिला पक्राउ

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई