परियोजनाको समीक्षा गरेर बजेटमा नीतिगत रिफर्म गरिएको छ– डा. अधिकारी « Khabarhub

परियोजनाको समीक्षा गरेर बजेटमा नीतिगत रिफर्म गरिएको छ– डा. अधिकारी


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले तीन करोड रुपैयाँभन्दा कम लागतका परियोजना केन्द्रीय बजेटमा समावेश नगर्ने नीतिले यसपाली बजेट विनियोजन गर्ने अभ्यासमा सुधार आएको बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आयोजना बैंकमा १८ हजार रहेको अवस्थामा अर्को सफ्टवेयर बनाएर ३ करोड रुपैयाँ भन्दा कमका आयोजना त्यसमा समावेश गर्न नपाउने व्यवस्था गरिएको बताए । ‘यसले गर्दा हामीलाई केही सहज भयो । सधै परियोजनामा कनिका छरेजस्तै बजेट हुन्थ्यो । अहिले त्यसमा सुधार भएको छ ।’ उनले बताए ।

दबाबका बीच सुक्ष्म अध्ययन गरेर बजेट ल्याइएको उनले बताए । ‘बजेटमा स्रोतको कुरा दिनु पर्ने अवस्था थियो । राजनीतिक परिवर्तन लगायतका विषयले पनि समस्या भइरहेको थियो । जनाताको टाउकोमा ऋणको भार थपिएको विषय पनि आइरहेका थिए । यस्तो निकै दबाबका बीचमा सुक्ष्म अध्ययन गरेर काम गरिएको थियो ।’

डा. अधिकारीले परियोजना र आयोजनाहरूको समीक्षा गरेर केही नीतिगत रिफर्म गरिएको बताए । स्थानीय तह र प्रदेशलाई अनुदान दिने विषयमा पनि सुधार गरिएको उनले बताए । यो प्रभावकारी हुने पनि उनको भनाइ छ ।

‘अघिल्लो वर्ष पैसा नभएका कर्णालीका पालिकाले योजना बैंकमा आवेदन नदिएको अवस्थामा यो वर्ष भने निकै धेरै आवेदन दिएका छन्’ उनले भने, अहिले कर्णालीले ७० प्रतिशत र आफूले ३० प्रतिशत रकम विनियोजन गर्ने व्यवस्था गरिएको छ ।’

उनले सरोकारवाला निकाय, योजना आयोग र अर्थमन्त्रालय बीच छलफल गरेर बजेट निर्माण गरेको बताए । यो बजेट युवामैत्री भएको उनको दाबी छ । नयाँ युवालाई पनि अघि ल्याउनका लागि बजेटले राम्रो काम गर्ने उनको विश्वास थियो । निजी क्षेत्रसँग समन्वय गर्नु पर्ने आवश्यकता रहेको बताउँदै उले द्वन्द्व गर्नेभन्दा पनि समझदारी आवश्यक रहेको बताए ।

‘विभिन्न ठाउँमा गएर अन्तर्क्रिया गर्न आवश्यक छ, योजना बनाउने भन्दा पनि कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ, मन्त्रालय र निकायहरूसँग कार्यान्वयनमा पनि सँगसँगै अघि बढ्नु पर्ने आवश्यकता छ ।’ डा. अधिकारीले भने ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १ : ४७ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको