सार्वजनिक सवारीसाधनले घेर्‍यो चक्रपथ, मजदुर व्यवसायी भन्छन्- यो काष्टिङ मात्रै हो  | Khabarhub Khabarhub

सार्वजनिक सवारीसाधनले घेर्‍यो चक्रपथ, मजदुर व्यवसायी भन्छन्- यो काष्टिङ मात्रै हो 


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शनिबार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्रपथ घेराउपछि यातायात मजदुर व्यवसायीहरूले यो कार्यक्रम काष्टिङ मात्रै रहेको बताएका छन् । 

कोटेश्वरमा एक घण्टे कार्यक्रमको समापन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आजको कार्यक्रम कास्टिङ मात्रै हो असली चलचित्र जेठ १९ गतेबाट सुरु हुने बताए । गौतमका अनुसार सरकारसँगको धेरैपटकको छलफल र सम्वादपछि पनि समस्याको समाधान नभएपनि सात बुँदे मागपत्र सहित आन्दोलनमा उत्रनु परेकाले यो आन्दोलन यातायात मजदुर व्यवसायीको निर्णायक आन्दोलन हुने बताए । 

कोण सभालाई सम्बोधन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले चक्रपथ घेराउ कार्यक्रम अभूतपूर्व रुपमा सफल भएको बताउँदै जेठ १९ गतेदेखि सम्पूर्ण सवारीसाधनहरू पूर्णरुपमा नचल्ने बताए । उनले भने १८ गते (भोली) साढे ११ बजे माइतिघर मण्डलामा यातायात मजदुर व्यवसायीहरुको हजारौँको सभा गरिने र १९ गतेदेखि सम्पूर्ण सवारीसाधनहरू घर ग्यारेजमै थन्क्याउने बताए । 

आजको आन्दोलन पहिलो चरणको भएको र कालो झन्डा सहित सडकमै सवारीसाधनहरू तेस्र्याएर विरोध जनाइएको थियो ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति निर्माण गरेर सातवटै प्रदेशबाट आन्दोलन थालेको यातायात मजदुर व्यवसायीहरूको आन्दोलनको अगुवाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले गरिरहेको छ । 

शनिबार कोटेश्वर सहित एयरपोर्ट स्वर्णगेट आसपास, गौशाला, चावहिल, नयाँ बसपार्क, कलंकी, सातदोबाटो लगायतका महत्वपूर्ण क्षेत्रमा व्यवसायी मजदुरहरुले स्वतस्फूर्त सवारीसाधनहरु सडक किनारको बाँया साइडमा सवारीसाधनहरु खडा गरेका थिए । मजदुर व्यवसायीहरूले सरकारसँग हालको नीतिगत सुधारको माग गरेका छन् । 

यस्ता छन् मागहरू 
– सवारी  तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरीत हुने गरी संघिय ऐनसंग बाझीने गरी सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ साल जेठ १ गते जारी गरेको राजपत्रमा निजी सवारी साधन (रातो नम्बर प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ‘ज’ तत्काल खारेजीको माग गर्दछाैँ ।

– सम्मानित सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा रहेका संघ समिति नवीकरण सम्पती फुकुवाको मिति २०८० चैत २० गतेको परमादेश तत्काल कार्यान्वयनको माग गर्दछौँ ।

–   सवारी ऐन २०४९ संशोधनको क्रममा रहेको हुँदा नेपाल सरकारसँग यातायात व्यवसायी महासचिवहरू र मजदुर संघ संगठन हरुसंग बिभिन्न मितिमा भएको सम्झौता सहमतिहरु र नेपाल सरकारबाट गठित बिभिन्न कार्यदलका सुझाब प्रतिवेदनहरू यथाशीघ्र कार्यान्वयनको माग गर्दछौँ ।

–    मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धीत निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमता कडाइका साथ लाग गर्न माग गर्दछौँ ।

–    सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्न माग गर्दछौँ ।

–   बिमा दर निर्देशिका २०७३ लाई समयानुकुल संसोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतको लागि दुर्घटना राहतकोषको स्थापना गरी ढुवानी ऐन लागु गरी माल बस्तुमा अनिवार्य बिमा गर्ने निति बनाई यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित उपभोक्ता,मुखि, प्रबिधि मैत्री बनाउन अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न  माग गर्दछौँ । 

–    छिमेकी मुलुकहरुबाट नेपाल प्रबेश गर्दा  मालवाहक तथा यात्रुवाहक सवारी साधनले नेपालको भन्सार नाकामै ७२ घन्टे सुबिधा पाउने असमान निति भएकोले तत्काल सम्सोधनको माग गर्दछौँ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  २ : ०३ बजे

नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

ललितपुर – नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

रातो मच्छिन्द्रनाथ दश वर्षपछि मन्दिरमा विराजमान (तस्बिरहरू)

काठमाडाैं । रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार जावलाखेलस्थित रथबाट रातो

कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७

मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं – सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा

कमल थापा र दीपक सिंहसहित सात जना रिहा, एक जना हिरासतमै

काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका